Logo
Logo

चितवनमा ‘मह उत्सव’


252
Shares

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि यही पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ ।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ । परियोजनाले मौरी जोनअन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चितवनमा मौरी जोन स्थापना भएको हो ।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो । चितवनमा गएको वर्ष आठ सय मेट्रिक टन मह उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्