काठमाडौं । बुधबार बसेको एमाले सचिवालय बैठकबाट ६ महिनाको निलम्बनमा परेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले कारबाहीको अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्ने बताएका छन् ।
‘‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टि दिएको खबर सुनियो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘‘यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरूको सुझाव पाऊँ ल ।’
पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै एमालेले पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको छ ।