Logo
Logo

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गयो


1.3k
Shares

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ६ः ३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढेको छ ।

यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्