Logo
Logo

न्यूयोर्कमा राजेशपायललाई भव्य स्वागत, यस्तो छ कार्यक्रम सेड्युअल


19.5k
Shares

काठमाडौं । केही दिनको ‘पाहुना’ जस्तै नेपाल बसाइपछि लोकप्रिय गायक राजेशपायल राई पुनः अमेरिका र क्यानडाको सांगीतिक भ्रमणमा निस्केका छन् । यसैक्रममा उनी बुधबार अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

नेपाली कलाकार संघ, अमेरिकाको आयोजना हुने सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । ‘राई ईज किङ’का रुपमा चर्चित राजेशपायललाई न्यूयोर्कमा नेपाली कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राई लगायतले भव्य स्वागत गरेका थिए ।

यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’ कार्यक्रममा राजेशपायलले दमदार प्रस्तुती दिँदैछन् । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका राजेशपायलसँगै उक्त कार्यक्रममा अन्य विभिन्न चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने नेपाली कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राईले जानकारी दिएकी छन् ।

कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै उनले भनिन्, ‘कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कन्जुस्याई गरिने छैन । आशा, अवश्य कार्यक्रम भव्य हुनेछ ।’ कार्यक्रम न्युयोर्कस्थित गुल्सन टेरेस हलमा हुनेछ ।

‘राई इज किङ’का लागि अमेरिका, युके, क्यानडा जस्ता देशहरु पानी पधेँरो जस्तै भएको छ । गायक राजेशपायलको अमेरिका भ्रमण यो ३२औं पटक हो । अमेरिकाको प्रत्येक सांगीतिक भ्रमणमा राजेशपायलले तहल्का मच्चाउँदै आएका छन् ।

यसपटक पनि आफ्नो सांगीतिक धमाका रहने उनले बताएका छन् । ‘रमझम साँझलाई झमझम बनाउन करिब मेरा तीन दर्जन गाउँदैछु’ राजेशपायलले दृष्टिन्युजसँग भने, ‘जसमा मेरो नयाँ तथा पुराना लोकप्रिय (दर्शकले रुचाएका) गीतहरु हुनेछ ।’

न्यूयोर्कमा रमझम गराएपछि राजेशपायल न्यूयोर्कबाटै क्यानडा उड्ने छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । र, न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुती दिएपछि उनी जर्मनी जानेछन् । ‘जर्मनीमा कार्यक्रम तय भइसकेको छ’ उनले भने, ‘जर्मनीको कार्यक्रम सकेपछि नेपाल फर्कनेछु ।’

नेपाली सांगीतिक यी ‘मेगास्टार’को नेपालमा पनि टाइट सेड्युअल रहेको छ । स्वदेशमा भन्दा विदेशमा बढी व्यस्त रहँदै आएका राजेशपायलको समय पर्खने प्रसस्त आयोजकहरु छन् । त्यसैले नेपाल आउनेवित्तिकै उनी कार्यक्रम र रेकर्डिङमा व्यस्त हुने गरेका छन् । राजेशपायल करिब एक वर्षयता सांगीतिक वल्ड टुरमा छन् ।

प्रतिक्रिया दिनुहोस्