Logo
Logo

सुनको मूल्य ६ सय बढ्दा चाँदी स्थिर


315
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्