Logo
Logo

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत


945
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक–कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा–सप्तरी, डा. सुमन कर्माचार्य–रामेछाप, डा. सुशीलनाथ प्याकुरेल–ललितपुर, श्यामचन्द्र यादव–धनुषा, ईश्वर कार्की–झापा, विष्णुप्रसाद भट्टराई–स्याङ्जा, पुजा फुयाल–सोलुखुम्बु, वुधिसरा सुनुवार–सुर्खेत रहेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्