Logo
Logo

भारतले निम्तो पठाए गइन्छ, नपठाए गइन्न : प्रधानमन्त्री


6.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक नरहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले निम्तो आए भारत मात्र भ्रमणमा जाने बताए ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे अहिले चर्चा भइरहेको प्रति इंगित गर्दै भने, ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन ।’ प्रधानमन्त्री ओली भारत भ्रमण जाने सन्दर्भमा पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा चर्चा हुन थालेको छ ।

हालै मात्र चीनको औपचारिक भ्रमण सकेर आएका ओलीले यसपटक प्रधानमन्त्री भएपछि भारतले निम्तो दिएको छैन । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।

बुधबार बसेको बैठकमा एमालेले पूर्वउपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम रावललाई कारबाही गरेको थियो । पार्टी नीतिभन्दा बाहिर रहेर अभिव्यक्ति राख्ने र गतिविधि सञ्चालन गरेको भन्दै रावललाई सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्