Logo
Logo

राखेपमा ८ बोर्ड सदस्य नियुक्त


63
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)मा खाली रहेको ८ बोर्ड सदस्यहरू नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको सदस्यमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताए ।

मन्त्री गुरुङका अनुसार नियुक्त हुनेहरूमा शान्तीकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्द रहेका छन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को उपाध्यक्ष अर्को हप्ता नियुक्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्