Logo
Logo

सिंगापुरबाट सुनिल पौडलको भ्रष्टाचारको प्रमाण झिकाउन अदालतको आदेश


2.1k
Shares

काठमाडौँ । भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंकको विस्तृत विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले अभियोगपत्रमा दाबी गरिएको सिंगापुरको बैंकमा रहेको रकम र त्यसको विस्तृत विवरण इजलासलाई उपलब्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश जारी गरेको हो ।

आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा पौडेलको तीनवटा खाता रहेको र त्यसमा नेपालमा आर्जन गरेको गैरकानुनी सम्पत्ति लुकाएको अभियोगपत्रमा दाबी गरेको थियो । अदालतमा बयान गर्ने क्रममा आफ्नो खाता नेपाल बाहेक अन्य कतै नभएको जिकिर गरेपछि विशेष अदालत विस्तृत विवरण मगाउने निष्कर्षमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्