Logo
Logo

इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्न विभागको आह्वान


567
Shares

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायल जान छनौट भएका कामदारहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको छ ।

नेपाल सरकार र इजरायलबीच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार (केयर गिभर) हरूलाई स्वास्थ्य परीक्षण गराउन भनेको हो ।

त्यसका लागि पुस १७ गतेदेखि २३ गतेसम्म विभागले तोकेका ५ वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । त्यसका लागि नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल, मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भु र क्रिस्टल डायग्नोस्टिक सिनामंगल तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्