काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघात ‘हार्ट अट्याक’का सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । तर लानेबित्तिक उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
करिब ६ वर्ष उनी सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।
२०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनले गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्यसमेत रहेका वस्ती सहितको टोलीले त्यतिबेला अड्डाअदालतमा विचौलियाहरु हावी रहेको भनी प्रतिवेदन दिएको थियो ।
सर्वोच्च अदालतले २०६६ सालमा गठन गरेको विकृतीविहीन न्यायपालिका विकास अध्ययन कार्यदलमा पनि उनी सदस्य थिए ।
२०१० मा जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए । वस्तीले भ्रष्टाचार नियन्त्रण, देवानी कानून एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा थुप्रै पुस्तक लेखेका छन् ।
छोरा विदेशमा रहेकाे र छाेरा आएपछि आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।