Logo
Logo

ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : देउवा


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउने बताएका छन् ।

‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिँदै उनले ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको बताएका हुन् ।

तमु ल्होसार÷ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उनले शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसार गुरुङ जातिको नयाँ वर्षको रूपमा मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्