Logo
Logo

नेपाल प्रहरीमा दुई एआईजीको दरबन्दी रिक्त, यी हुन् तीन प्रतिस्पर्धी


9.6k
Shares

काठमाडौं । नेपाल प्रहरीमा भोलिदेखि एआईजी दर्जाको थप एक दरबन्दी रिक्त हुँदैछ । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्य ५६ वर्षे उमेर हदका कारण आजराति १२ बजेबाट अनिवार्य अवकाश हुँदैछन् । यससँगै एआइजीको रिक्त संख्या दुई पुग्न लागेको हो ।

किरण बज्राचार्य

यसअघि यही पुस ४ गतेमात्रै एआईजी दज्र्यानी चिह्न लगाएका भरतबहादुर बोहरा उमेरहदकै कारण पुस ११ गते अवकाश भइसकेका छन् । दुई एआईजी रिक्त भएपछि उक्त दर्जामा बढुवाका लागि तीन प्रतिस्पर्धी तयार छन् ।

एआइजी बढुवाको प्रतिस्पर्धामा रवीन्द्र केसी, कुवेर कडायत र जनक भट्टराई छन् । वरिष्ठताका आधारमा केसीको बढुवा निश्चित जस्तै छ भने कडायत र भट्टराईबीच को छनौटमा पर्छ भन्ने शक्तिकेन्द्रमा कसको पहुँच बढी छ भन्नेमा निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्