काठमाडौं । नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु एक लाखको कोभिड–१९ बीमा गरिदिने योजना ल्याएको छ ।
हालको स्वास्थ परिस्थितिलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैंकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले न्यूनतम रु एक लाख मौजदातको दुई वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।