Logo
Logo

लक्ष्मी सन्राइज बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न


441
Shares

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ  । 

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

आ.व. २०८०/८१ मा रू ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्