काठमाडौं, ३ असार
लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार ५ सय ८६ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार धेरै जसो संक्रमितहरु भारतबाट आएकाहरु छन् । नेपालमा कुल संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ । ११६७ जना निको भएका छन् ।
बुधबार थप एक जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।