Logo
Logo

संसदीय समितिमा झण्डै हात हालाहाल…


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्नो मतलाई सभापतिले बेवास्ता गरेको भन्दै आक्रोशित भएका थिए । सो क्रममा दुवैबीच भनाभन भएको हो ।

सुवालले समितिमा अनुपस्थित सांसदको संयोजकत्वमा समिति बनाउन नहुने भन्दै आपत्ति जनाएका हुन् । बैठकले वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

खनाल आजको बैठकमा अनुपस्थित थिए । सुवालले अनुपस्थित व्यक्तिलाई समितिमा राख्न नहुने भन्दै आपत्ति जनाए । आफूले भनेका कुरा निर्णयमा समावेश नभएपछि सभापतिसँग झोक्किएका थिए । सभापति यादवले बैठक सकिएको जानकारी गराएपछि यसरी चर्काचर्की परेको थियो ।

यादव : यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु ।

सुवाल: सभापतिज्यूले जथाभावी नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन । (सभापतिप्रति औँलो तेर्साउँदै)

यादव : औँला तल राख्नुस् ।

सुवाल– सहमति छैन भन्दा भन्दै किन सच्याउनुहुन्न ?

यादव : औँला तल राख्नुस्, औँला तल राख्नुस् । नौटंकी गर्ने ?

सुवाल: तपाईं निरंकुश ढंगले नचलाउनुस् । राणाशासन होइन यो । तपाईंं राणाको अवतार नलिनुस् । मैले असहमति छ भनेपछि कि भन्नुपर्छ ।

यादव : तपाईंं (रोक्न खोज्दै)

सुवाल: तपाईं राणा नबन्नुस् । राणा जसरी नै हुत्याइदिन्छ् । होस् गर्नुस् । राणा शासन जसरी समाप्त भयो । तपाईं त्यसरी नै हुतिन्छ होस् गर्नुस् । बढ्ता नहुनुस् । तपाईं पनि एक्लै हो । म पनि एक्लै हो । के फूूर्ति गर्ने ? तपाईँ बढ्ता नहुनुस्, मेरो आपत्ति छ भनेपछि के भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरंकुश बन्ने ?

यादव : राख्नुस् न आफ्नो असहमति राख्नुस् ।

सुवाल: तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् । समितिको नेता बन्नुस् ।

यादव : यहाँ माओवादी सत्ता पक्ष हो ?

सुवाल: हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी ।

यादव : स्वतन्त्र पार्टी सत्तापक्ष हो ?

सुवाल: हिजो मन्त्री भएका सबै सत्ता पार्टी ।

यादव : तपाईं निरंकुश नबन्नुस् । निरंकशु भयो भने सिधिन्छ । दाँत छिटै किराले खान्छ । जिब्रो खाँदैन । तपाईंले बोल्न दिनुपर्छ निरंकुश बन्न पाईँदैन । अनुपस्थित सदस्यको अनुपस्थितिमा समिति बनाउन मिल्छ ? अनुपस्थित सदस्यका नाममा समिति बनाएर के गर्न खोज्नु भएको ? राय लिनुपर्दैन ? निरंकुश बन्न पाइन्छ ? समितिबाट सदस्यहरुले राय राख्न पाउनुपर्छ । तपाईंहरु सबै मिलेर देश बेच्न खोज्नु भा । निरंकुश नबन्नुस् । अनुपस्थितको खारेज हुनुपर्छ । नयाँ सदस्य आउनुपर्छ । अहिले फेरि बैठक सुरु गर्नुपर्छ । बैठक बोलाउनुस् । तपाईं बढ्ता नहुनुस् । नभएका सांसदको नबनाउनुस् । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

सुवाल : मैले भनेको छु– आपत्ति छ । तपाईंले त्यो आपत्ति के हो भनेर सोध्नु पर्दैैन सभापति ? तपाईं निरंकुश बन्ने ?

यादव : बन्ने ।

सुवाल : ठिक छ ।

यादव : ल ।

सुवाल : ठिक छ ।

यादव : आफ्नो असहमति राख्नुस् ।

सुवाल : कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिंड्नुस् । समितिको नेता बन्नुस् ।

प्रतिक्रिया दिनुहोस्