Logo
Logo

नेपाल प्रहरीले आफ्ना कर्मचारीको कोरोना परीक्षण आफैं गर्ने


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, ३ असार ।
नेपाल प्रहरीले आफ्ना कर्मचारीको कोरोना परीक्षण आफैं गर्ने भएको छ ।
कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा रहेर काम गरिरहेको नेपाल प्रहरीले आफ्ना कर्मचारीको परीक्षणका लागि पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिसकेको छ । प्रहरी कर्मचारीमा संक्रमण बढ्दै गएपछि प्रहरी अस्पतालमा कोरोना परीक्षणका लागि मेसिन राख्न लागिएको हो ।पिसिआर ल्याब राख्ना लागि लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति प्रक्रिया पनि प्रहरीले अघि बढाइसकेको छ ।

प्रहरीले मंगलबार खरिद प्रक्रिया टुंगो लगाएको हो । आगामी सातादेखि परीक्षण गर्न लागिएको हो । फ्रन्टलाइनमा खटिने भएकाले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने र अन्य सरकारी ल्याबमा भर पर्दा समस्या भएपछि प्रहरीले आफैँ पिसिआर मेसिन राखेर कोरोना परीक्षण गर्न लागेको हो । यसमा प्रहरीको प्राथमिकताका साथ परीक्षण हुने र अन्यको पनि परीक्षण गरिने प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले बताए ।

नेपाल प्रहरीका ४२ जना कर्मचारीमा हालसम्म संक्रमण देखिएको छ । प्रहरी ब्यारेकमा बस्ने भएकाले एकजना संक्रमित हुँदा धेरैजनामा संक्रमण फैलने जोखिम हुन्छ । अर्कोतर्फ दैनिक भिडभाडमा समेत काम गर्नुपर्ने भएकाले त्यस्ता प्रहरीको नियमित रूपमा परीक्षण गरेर जोखिम न्यूनीकरण गर्न लागिएको एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्