Logo
Logo

८४ दिनपछि छुटे रवि लामिछाने


5.1k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट थुनामुक्त भएका छन् । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । रविलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।

फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई पार्टीको जिम्मा लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्