काठमाडौं । एनएमबि बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले बिहीबार त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौंमा एक समारोह आयोजना गरी २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
एनएमबि बैंकको सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत गरेका थिए । साधारण सभा बैंक संचालक समितिका अध्यक्ष, सञ्चालक र सदस्य तथा सेयरधनीहरुको उपस्थिति रहेको थियो ।