Logo
Logo

नेपाल बीमा प्राधिकरणले माग्यो अध्यक्ष


504
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी प्राधिकरणको सञ्चालक समिति अध्यक्षका लागि आवेदन खुलाएको हो ।

अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्