काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक (आज) शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन । यसै सिलसिलामा प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बैठक बोलाएका हुन् । बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।