Logo
Logo

वडाको विकास निर्माण कार्यमा आफै खट्दै वडा अध्यक्ष


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

बाजुरा, ४ असार । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय गाउँमा सञ्चालन भइरहेका विकासे योजनामा सक्रिय रुपमा लागेका छन् । अध्यक्ष बिकासका लागि बजेट बिनियोजन त गर्ने नै भए तर गाउँमा आफु्ले दिएको कामको अनुगमनका साथै योजनाका काममा सक्रिय रुपमा लागेका लागेका हुन् ।


गाउँमा बजेट कार्यन्वयनको अबस्थाका बिषयमा अनुगमनमा जादा उनले बिकास निर्माणका कार्यमा ढुंगा बोक्ने, बालुवा गिट्टी बोक्नेलागयतका काम पनि गर्ने गरेको वडाबासी विश्वराज जैशीले बताए ।
प्राय धेरै वडा अध्यक्षहरु गाउँमा आफैले बिनियोजन गरेको बजेट कार्यन्वयनमा के भइरहेको छ भन्ने बारेमा जानकारी कमै लिन्छन् तर बडिमालिका नगरपालिका वडा न ७ का वडा अधयक्ष भने गाउँमा हुने हरेक योजना स्थलमा आफै पुग्ने गरेका छन् । उनले गाउँको विकासको लागि सानो तिनो काम भएपनि काममा सहभागि भएरै फर्किने जैशीले बताए ।
गाउँमा सञ्चालन हुने हरेक अभियानमा वडाअध्यक्ष पाध्याय निरन्तर लागेको र गाउँमा वडाअध्यक्ष प्रति कुनै बिरोधावस नभएको स्थानीयहरु बताउँछन् । उनले अहिले सञ्चालन गरिसक्ने जतिसुकै योजना छन्, त्यसमा आफ्नो संलग्नता भइरहेको बताए । वडा अध्यक्ष पाध्यायले प्रत्यक्ष आफ्नै निगरानीमा विकास निर्माण काम भइरहँदा दिगो र दरिलो रुपमा सम्पन्न भएको दावी गरे ।
त्यस्तै वडा अध्यक्ष अहिलेको महामारीको बेला आफ्ना नागरिकलाई सुरक्षित राख्न भन्दै वडा विभिन्न टोलमा पुगेर स्वास्थ्य सरसफाईका बारेमा सचेतना जगाउदै आएका छन् । वडा ७ मा बस्ने आफ्नो नागरिकको आय स्तरको पहिचान गरी अति विपन्नलाई राहातको लागि जोहो गर्न आफै खट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्