पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लिला पछाईं ३७ लाख धरौटी बुझाएर रिहा भएका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएका थिएनन् । लीला आज धरौटीमा बुझाएर रिहा भएका हुन् ।