Logo
Logo

प्रचण्ड-माधव भेटमा राजेन्द्र लिङ्देन पुगेपछि राजेन्द्र श्रेष्ठ बाहिरिए


51.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा प्रचण्ड र नेपालबीच छलफल जारी रहेको एक नेताले जानकारी दिए । उक्त भेटवार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभारी छन् ।

बैठकमा लिङ्देन प्रवेश भएपछि अशोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ भने बाहिरिएका छन् । सो छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।

विपक्षी दलहरुले संसदको अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउँने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्