Logo
Logo

रवि आज अदालतमा उपस्थित नहुने


3.5k
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् ।

बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका रवि सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा अदालतमा हाजिर हुने पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार रवि स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् । रवि बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए । रवि हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं गएको प्रवक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्