काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन् ।
शुक्रबार अपरान्ह राष्ट्रपति पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
राष्ट्रपति पौडेल र ओलीबीच देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।