Logo
Logo

जलवायु परिवर्तनको ठूलो असर नेपालमा : देउवा


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्ने गरि कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।  

नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले शुक्रबार सानेपामा आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन सरोकार विषयक कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनले नेपाललाई ठूलो असर पर्ने देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न विश्वलाई नै ध्यानाकर्षण गर्ने गरि कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन् ।

जलवायु परिवर्तनको सबै भन्दा ठूलो असर नेपालमा देखिएकाले यसमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने उनले बताए । उनले नेपालले मात्र चाहेर मात्रै जलवायु परिवर्तनको समस्या समाधान हुन नसक्ने भए पनि काठमाडौंबाट सुधारको थालनी गर्न सकिने धारणा राखे । सभापति देउवाले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सके वातावरणको रक्षा हुने र विश्वलाई पनि सकारात्मक सन्देश दिन सक्ने बताए ।  

त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले छिटै सगरमाथा संवादको आयोजना गरेर नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याका बारेमा विश्वमाझ उजागर गर्ने बताए । समग्र आर्थिक बुद्धिलाई वातावरणीय संरक्षणसँग सन्तुलनमा राख्दै र जलवायु परिवर्तनलाई सम्बोधन गर्दै जलवायुमैत्री विकास सम्भव रहेको उनले बताए ।  

मन्त्री ठकुरीले कुल हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य भूमिका भए पनि जलवायु परिवर्तनका असरको जोखिम उच्च रहेकाले विश्वको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्