Logo
Logo

राजेशपायललाई डल्लासमा भव्य स्वागत, आज सांगीतिक धुम मच्चाउँदै


819
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईले आज शनिबार अमेरिकाको डल्लासमा सांगीतिक धमाका मच्चाउँदै छन् । माघे संक्रान्तिको अवसरमा मगर संघ अमेरिका, टेक्सास च्याप्टरको आयोजनामा हुने सांस्कृतिक कार्यक्रममा ‘राई इज किङ’ले प्रस्तुती दिने भएका हुन् ।

कार्यक्रम डल्लासस्थित कन्भेन्सन प्लाजामा हुनेछ । हालै मात्र न्युयोर्क हुँदै राजेशपायल क्यानडा पुगेका थिए । क्यानडाको विभिन्न सहरमा सांगीतिक प्रस्तुती दिएर उनी सीधै डल्लास आएका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा मेगास्टार राजेशपायललाई डल्लासमा मगर संघले भव्य स्वागत गरेको छ । शुक्रबार साँझ डल्लास आइपुगेका राजेशपायल केही घण्टाको विश्रामपछि नै डल्लासका दर्शकलाई झुमाउन तयार भएका हुन् ।

आयोजकका अनुसार कार्यक्रम अमेरिकाको समयअनुसार शनिबार अपरान्ह ४ बजेदेखि राति ११ बजेसम्म चल्ने छ । त्यसक्रममा राजेशपायलले नयाँ तथा पुराना गरी करिब तीन दर्जन आफ्ना चर्चित र लोकप्रिय गीतहरु गाउनेछन् । साथै, कार्यक्रममा खै्रजडी, कौराह, सालैजो, सौरठी, हुर्रा र पन्चेबाजा लगायतका प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । ‘कार्यक्रममा भव्य र सभ्य हुनेमा ढुक्क छौँ’ आयोजकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्