काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राष्ट्रपति पौडेलले सिंहदरबारको मुलगेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान अर्पण समेत गरेको थियो ।
विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।