Logo
Logo

‘कर्म र धर्म गर्न उमेरले छेक्दैन’


441
Shares

अहिलेकी चर्चित गायिका हुन् बेनिशा पौडेल । उनले गाएका थुप्रै गीत लोकप्रिय छन् । ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा’, ‘तिम्रो माया’, ‘सम्बन्ध’, ‘मन्द मन्द’ जस्ता गीतहरु चर्चामा आइरहेका बेला ‘नेपाल आइडल– ४’मा उनी सहभागी भइन् । त्यसपछि थप चर्चामा आएकी बेनिशा पाश्र्वगायनसमेत जम्दै आएकी छन् ।

बेनिशाले गाएको नेपाली फिल्म ‘छक्का पन्जा–५’को ‘बिहे पनि भाछैन कुमारी नि होइन’ दर्शकले अत्याधिक रुचाएका छन् । पाँच बर्षदेखि निरन्तर गायनमा मिहिनेत गरिहेकी झापाकी बेनिशा भन्छिन्, ‘जीवन रहुन्जेलसम्म संगीत साधनामै लागिरहने छु ।’ गीत संगीतबाट नाम र दाम कमाउन सकिने उनको बुझाइ छ । गायिका बेनिशा पौडेलसँग रेजिना पाण्डेको जम्काभेट :

हिजाआज कतिको व्यस्त हुनुहुन्छ ?
त्यति धेरै व्यस्त छैन । तर, खाली बस्नु परेको छैन । रेकर्डिङ र विभिन्न स्टेज कार्यक्रमहरु गरिरहेकी छु ।

तपाइँको गायनयात्रा कसरी सुरु भयो ?
बाल्यकालदेखि नै म गायनमा रुचि राख्थेँ । त्यही रहर र रुचीले गाउँदै गएँ । प्रतिस्पर्धाहरुमा पनि सहभागी हुँदै गएँ । मेरो संगीतप्रतिको रुचिलाई बुझेर बुबा–ममीले ‘गायनमै निरन्तर देउ’ भनेपछि संगीत सिक्न थाले । त्यसरी नै मेरो सांगीतिक यात्रा अर्थात करिअर अगाडि बढेको हो ।

कहाँ र कति समय संगीत सिक्नुभयो ?
झापामा हुँदा बिहानी कला केन्द्रमा कमला खनालसँग र कठमाडौंमा आएपछि श्री संगीत पाठशालामा गुरु चण्डिप्रसाद काफ्लेसँग तीन बर्ष संगीत शिक्षा लिएँ । त्यसपछि औपचारिक रुपमा गायन यात्रा थालेकी हुँ ।

‘बिहे पनि भाको छैन कुमारी नि होइन’ बोलको गीतले बढी किन चर्चामा आयो ?
हो, मेरो अघिल्ला गीतहरु पनि चलेका छन् । तर, मैले पछिल्लो समय गाएको उक्त गीत भाईरल नै बन्यो । उक्त गीत नेपाली फिल्म ‘छक्का पञ्जा–५’को हो । फिल्मी गीत भएकाले पनि बढी चर्चामा आएको हुनसक्छ किनकि फिल्म गीतको त्यही अनुसार प्रमोशन गरिएको हुन्छ । अहिले पनि त्यो गीत टिकटकमा हिट नै छ ।

यहाँसम्म आइपुग्दा गायनमा सोचेजस्तो पाउनुभएको छ कि छैन ?
रामै भइरहेको छ । यतिको काम पाउनु भने सफलता नै हो । म आफ्नो काम र पेशाप्रति खुशी छु । नाम र दाम कमाइरहेकी छु । अझै सिक्दैछु ।

बिदेशबाट कार्यक्रमका लागिव कतिको अफर आउँछ ?
आइरहेको हुन्छ । विदेशमा रहेका नेपालीहरुले हामी कलाकारहरुलाई माया र सम्मान गरिदिनुहुन्छ । माया गरेरै बोलाउनुहुन्छ, एउटा कलाकारका लागि यो भन्दा खुशी अरु के हुनसक्छ र ? दर्शक तथा श्रोताकै मायाले कलाकार बाँचेको छ ।

तपाइँ फेसनप्रति कतिको कन्सस हुनुहुन्छ ?
फेसनमा कन्सस छु । तर, म खासै मेकअप र फेसन गर्दिनँ । मलाई सिम्पल नै मनपर्छ । तर, ठाउँ र समय हेरेर फेसन गर्नुपर्छ भन्ने मलाइ लाग्छ ।

कुनै कार्यक्रममा गाउँदा प्राय कस्तो पहिरन लगाउनुहुन्छ ?
मैले खासै स्पेशल डिजाइनरबाट तयार गरिएको परिहन लगाएर कार्यक्रममा गाएको छैन । आफुलाई कस्तो पहिरन सजिलो र सुहाउँछ त्यस्तै लगाउने गर्छु । मैले धेरै ठाउँमा एउटै पहिरन दोहोराएर पनि लगाएकी छु । त्यसले मलाई खासै फरक परेको छैन ।

तर, सेलिब्रेटीले दोहोराएर पहिरन लगाउँदैन भन्छन नि ?
मैले पनि सुनेकी छु । कतिले दोहोराएर लाउँदैनन् पनि होला । तर, मेरो चाहिँ दोहोरिन्छ ।

अहिले गायनप्रति युवाको आकर्षण बढ्दै गएको हो ?
हो, धेरै जना यस क्षेत्रमा आइरहनुभएको छ । मान्छेको आ–आफनो सौख र रहर हुन्छ । संगीतले धेरैको मन छोएको छ । यति भाग्यले साथ दियो भने संगीतबाट नामसँगै दाम पनि कमाउन सकिन्छ । त्यसैले पनि गायन युवापुस्ताको रुचि लाग्नु स्वााविक हो ।

तपाइँ ओशोभक्त हुनुहुन्छ होइन त ?
हो, ध्यान गर्दा मनमा आन्नद लाग्छ । कामबाट फुसर्द भयो भने म ध्यान गर्छु ।

ध्यानबाट जीवनमा के परिवर्तन पाउनुभएको छ ?
धेरै पाएकी छु । खाशगरी शान्ति र मनमा आनन्द पाएकी छु । र, ध्यानले बाच्न सिकाएको छ ।

यो उमेरमै ध्यान र अध्यात्मिकप्रति आकर्षण किन ?
कर्म र धर्म गर्न उमेरले छेक्दैन रहेछ ।

फुसर्दमा के गर्नुहुन्छ ?
धार्मिक कितावहरु पढ्न मनपराउँछु । अहिले मेले ओशोको आध्यामिक किताब ‘म मृत्यु सिकाउँछु’ पढिरहेकी छु । किताब पढ्दा आन्नद लाग्छ मलाई ।

मृत्युदेखि डर लाग्छ हो ?
मर्ने रहर कसैलाई हुँदैन । तर पनि मृत्यु जीवनको सत्य हो । यसलाई स्विकारनै पर्छ । तर, मर्नुअघि सफल भएर बाच्न सिक्नुचाहिँ पर्छ ।

भबिष्यको योजना के बनाउनुभएको छ ?
संगीतलाई निरन्तर दिने । संगीतबाहेक अरु क्षेत्रमा मैले सोचेकै छैन । साहायद अब केही सोचिन्न पनि होला । जीवन रहुन्जेलसम्म संगीत साधनामै लागिरहने छु ।

प्रतिक्रिया दिनुहोस्