काठमाडौँ । न्याय परिषद्को सदस्यमा दामोदर खड्का सिफारिस भएका छन् ।
शनिबार बसेको नेपाल बार एसोसिएसन कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुनेछन् ।
सदस्य रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त रहेको थियो ।