एजेन्सी । अमेरिकाको राष्ट्रिय मौसम सेवाले लस एन्जलसको जंगलमा लागेको थप फैलिनसक्ने चेतावनी दिएको छ । ‘सान्टा आना’ नामक हावा राति तीव्र हुने भएकाले आगो फैलन सक्ने सम्भावना रहेको भन्दै त्यहाँको मौसम सेवाले आवासीय क्षेत्रमा सतर्क रहन भनेको हो ।
आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्नि नियन्त्रकहरूले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि अधिकारीहरूले आकाशबाट पनि पानी खसालिरहेका छन् ।
पालिसेड्सको आगो एक हजार एकडमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ बढिरहेको छ । अर्कोतर्फ, पानी अभावका कारण जनतामा बढ्दो आक्रोश देखिएको छ । आगलागीका घटनामा अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।