काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल कृषि सेवाका लाइभ स्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ २, बाली विकास (एग्रोनोमी) समूहतर्फ २, बाली संरक्षण समूहतर्फ ४, र एगृ इको. मार्केटिङ एण्ड म्टाटिष्टिक्स समूहतर्फ ३ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा खिमानन्द खनाल, श्यामकृष्ण तिवारी, हश्मुल्लाह मुसलमान, शालिकराम गौतम लगायत रहेका छन् । उनीहरुको बढुवा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने सूचनामा उल्लेख छ ।