Logo
Logo

शिक्षिकाले कुट्दा ६ वर्षीय बालकको आँखा फुट्यो


945
Shares

काठमाडौं । पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ ।

गत मंसिर १८ गते पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।

गत मंसिर १८ गते कक्षामा पढाइरहेका बेला दुई विद्यार्थीबीचको झगडा छुट्याउन लठ्ठीले हान्दा आँखामा लागेको विद्यालय प्रशासनको भनाइ छ ।

नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले काठमाडौंमा उपचार गराएर फर्किएपछि मात्र बालकको बाबु नरेन्द्र चौधरीले पुस १६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिकाविरुद्ध उजुरी दिएको बताए । त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए ।

यस घटनामा प्रहरीले पुस १९ गते शिक्षिका सन्जुविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । तर, अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्