एजेन्सी । युक्रेनले उत्तर कोरियाका दुई सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कुस्र्क क्षेत्रमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई युद्धबन्दीका रूपमा नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।
जनवरी ९ मा नियन्त्रणमा लिइएका घाइते दुवै सैनिकलाई आवश्यक चिकित्सा सहायता दिँदै किभमा रहेको युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ ।
युक्रेनविरुद्धको युद्धमा रुसी र उत्तर कोरियाको संलग्नता मेटाउन घाइते सैनिकलाई उनीहरुले मार्ने गरेको पनि जेलेन्स्कीले दाबी गरेका छन् ।
साथै उनले उत्तर कोरियाली सेनालाई नियन्त्रणमा लिन सजिलो काम नभएको भन्दै उनले आफ्ना युक्रेनी सेनालाई धन्यवाद दिएका छन् ।