Logo
Logo

दलित समुदायका दुई जेहेन्दार विद्यार्थी पढाउने अध्यक्ष शारडाको प्रतिवद्धता


1.2k
Shares

लहान । नेपाल उद्योग वाणिज्य संघ सिरहा जिल्ला अध्यक्ष बिकाश शारडाले दलित समुदायका दुईजना जेहेन्दार विद्यार्थी पढाउने प्रतिबद्वता गरेका छन् ।

शनिबार लहानमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालको ९औं जिल्ला अशिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष शारडाले दुई दलित बिद्यार्थी पढाउने प्रतिबद्वता गरेका हुन् । उनले प्याब्शनले सिफारिस गरेका दुईजना दलित विधार्थीलाई आफ्नो निजी खर्चबाट पढाउने बताए ।

शुभकामना मन्तब्यका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका शारडाले लहानको पडरियामा ४१ जना दलित बालबालिकालाई ट्युशन पढाउन सहयोग गर्दै आएका छन् ।

शारडाकै सहयोगमा लहानमा बैज्ञानिक महावीर पुनः को जिबनी समेटिएको पुस्तक बेच्न समेत सक्रिय भुमिका खेलेका थिए । बिभिन्न समयमा आपतबिपद निम्तिदा शारडाको नेतृत्वमा निशुल्क सेवामुलक कार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्