काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि चलिरहेको छ ।
काठमाडौं जिल्ला अदालतमा बयान चलिरहँदा अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा हुँदै गएका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान चलिरहेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेकसम्बन्धी बयानका लागि पूर्वगृहमन्त्री लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।
गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।