Logo
Logo

‘सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौँ’


693
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले संसद्‌मार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताए । उनले अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने उल्लेख गरे ।

उनले संसद्को हिउँदे अधिवेशन छिटो सञ्चालन गर्न माग समेत गरे । कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरू ल्याएर संसद्‌मा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे ।

पाण्डेले भने, ‘अहिले धेरै विधेयकहरू पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौँ । तर सरकार जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन । त्यसकारणले छिटोभन्दा छिटो संसद् बोलाउनुपर्छ ।

नेकपा माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्