Logo
Logo

१० असारमा नेकपाले ढाक्यो स्थायी कमिटी बैठक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाउने टुंगो लगाएको छ । शीर्ष नेताहरुको व्यापक गृहकार्यपछि १० असारका लागि बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो ।
अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे निर्णय गर्न बोलाइएको गत आइतबारको सचिवालय बैठक अचानक स्थगित भएको थियो । नेकपाले अबको स्थायी कमिटी बैठकबाट एमसिसीबारे छलफल गर्ने स्रोतको दाबी छ । यद्यपि बैठकका एजेन्डा भने खुलाइएको छैन ।
नेकपा सचिवालय सदस्य झलनाथ खनालले एजेन्डा धेरै भएको तर एमसिसीबारे छलफल हुने संकेत गरेका छन् । उनले एक अनलाइन संस्करणमा बोल्दै भनेका छन्, ‘बैठकमा छलफलका लागि एजेन्डा धेरै छन्, एमसिसीबारे छलफल होला ।’
यसअघि बैठक बोलाउ“दा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई एजेन्डा तय गर्ने जिम्मेवारी दिइएको थियो । पहिले बोलाइएको स्थायी कमिटी बैठक दुईपटक स्थगित भइसकेको छ । नेकपाको विधानमा तीन महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । गत २९ मंसिरदेखि ६ पुससम्म बसेको स्थायी समिति बैठकयता नेकपाको अर्को स्थायी बैठक बस्न सकेको छैन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले दल विभाजनसम्बन्धी संविधान संशोधन विधेयक ल्याएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले १० बैशाखमा लिखित रुपमै बैठकको माग गरेका थिए । नेताहरुको मागअनुसार २५ बैशाखमा बोलाइएको बैठक स्थगित भएपछि पनि ३१ बैशाखका लागि बोलाइएको बैठक पनि अन्तिम अवस्थामा स्थगित हुन पुगेको थियो ।
यसअघि अध्यक्ष ओलीकै अनिच्छाका कारण बैठक बस्न नसकेको नेताहरुले आरोप लगाउँ“दै आएका थिए । आगामी १० असारका लागि बैठक बोलाउने टुंगो लगाउनुअघि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीस“ग भेट गरेको पार्टीका नेताले बताएका छन् । स्थायी कमिटी बैठक राख्ने निर्णय गर्नुअघि अध्यक्षद्वय ओली, दाहाल र अन्य नेताहरुसमेत भेटवार्ता र छलफल भएको थियो । गत आइतबारको सचिवालय बैठक आकस्मिक रुपमा स्थगित भएपछि नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताहरुबीच तीनदिनको लगातार भेटघाट र छलफलपछि १० असारमा स्थायी कमिटीको बैठक बस्ने निधो भएको हो ।

प्रतिक्रिया दिनुहोस्