Logo
Logo

अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति गठन


693
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न तीन सदस्यीय समिति बनाएको छ । त्रिविले उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाएको हो ।

रजिस्ट्रार प्राध्यापक डा. केदारप्रसाद रिजालले अध्ययन बिदामा गएर नफर्किने शिक्षकको यकिन तथ्याङ्क संकलन गर्न समिति बनाइएको जानकारी दिए । तथ्यांक संकलन भएपछि नफर्किनेलाई कारबाही गरिने उनले बताए ।

१० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन ।

त्रिविको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्