Logo
Logo

रौतहटमा मान्छे मारेर भागेका राजु ४० वर्षपछि पक्राउ


378
Shares

काठमाडौं । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका– ९ (हालको ठेगाना राजदेवी नगरपालिका–९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन् ।

१६ वर्षको उमेरमा रौतहटमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनी धर्म र नामसमेत परिवर्तन गरेर सर्लाहीमा लुकिछिपी बस्दै आएका थिए । कर्तब्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका व्यक्तिलाई ४० वर्षपछि यहि पुस २६ गते सुन्दरपुरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि आइतबार रौतहट जिल्ला अदालतमा बुझाइएका उनले बताए । सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्