Logo
Logo

माओवादीको पदाधिकारी बैठक सर्यो, अब बुधबार बस्ने


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज दिउँसो २ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्नेगरी तय भएको बैठक बुधबारका लागि सरेको हो ।

सचिव देवेन्द्र पौडेलले आज बस्ने तय भएको बैठक विविध कारणले अब माघ २ गते बुधबार मात्रै बस्ने जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।

पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकपछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।

प्रतिक्रिया दिनुहोस्