Logo
Logo

वाग्मतीका क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ५ असार । वाग्मती प्रदेशमा कार्यरत ७०५ क्रियाशील पत्रकारको बिहीबार कोरोना बीमा गरिएको छ । प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा कोभिड –१९ महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारको बीमा गरिएको हो ।

कोरोना भाइरसको पिसिआर परीक्षणमा सङ्क्रमित भएको प्रमाणित भएमा बीमित पत्रकारले रु एक लाखको बीमा युनाइटेड इन्सुरेन्स कम्पनीबाट पाउने जनाइएको छ । कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बीमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन् । सो बीमाबाट पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न सहयोग पुग्ने विश्वास रजिष्ट्रार सापकोटोले व्यक्त गरे । मन्त्रालयले एक हजार पत्रकारको बीमा गर्ने लक्ष्य राखेको छ ।

प्रदेशका १३ वटै जिल्लामा क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बीमामा समेटिएको रजिष्ट्रार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्