Logo
Logo

कम्युनिस्ट नेताले पटक-पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल


3.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।  

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । 

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठुला–ठुला द्वन्द्वहरू समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए । 

अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठिक कुराको विरोध र सही कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे । उनले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गरे । निरङ्कुश व्यवस्थाविरुद्ध सङ्घर्षको बिगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्