काठमाडौं । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले यस्तो ठहर गरेको हो ।
बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ । साथै, बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ । यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको बैठकपछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
बैठकले प्रतिपक्षी दलहरूले केही दिनभित्र साझा धारणा बनाउन ड्राफ्ट कमिटी बनाएको उनले बताए ।