Logo
Logo

प्रधानमन्त्रीले बोलाए पत्रकार सम्मेलन, अध्यादेशका विषयवस्तु सार्वजनिक गरिने


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

हालै जारी गरिएका ‘सुशासन प्रवद्र्धन र लगानी अभिवृद्धि’ सम्बन्धी अध्यादेशहरुको विषयवस्तु सार्वजनिकीकरण गर्न उनले आज दिउँसो ४ बजे सिंहदरवारस्थित प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् ।

सम्मेलनमार्फत अध्यादेशका प्रमुख विषयवस्तु र तिनको कार्यान्वयनबाट हुने सम्भावित प्रभावहरूबारे जानकारी गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यी अध्यादेशमार्फत प्रशासनिक सुधार, लगानीको वातावरण सुधार, र सुशासन प्रवद्र्धनमा उल्लेखनीय प्रगति गर्ने लक्ष्य राखेको बताइएको छ ।

सरकारले यहि पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । जसमध्ये राष्ट्रपति कार्यालयले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालयले अध्ययन गर्नुपर्ने भन्दै भूमिसम्बन्धी अध्यादेश भने रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्