Logo
Logo

यस्तो छ संसद बैठक बोलाउने सरकारको तयारी


5.4k
Shares

काठमाडौं । सरकारले संसद्को बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राेकेकाे (होल्ड) गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको हो । सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्वन्धी अध्यादेश गम्भीर भएको भन्दै शितलनिवासले रोकेको छ ।

राष्ट्रपति पौडेलले कानूनी विज्ञ र सल्लाहकारहरूलाई अध्यादेशले गरेको प्रवन्ध, अन्र्तराष्ट्रिय सन्धि, सम्झौता र अदालतबाट जारी भएका नजिरसमेतलाई ध्यानमा राखेर अध्ययन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रस्तावित प्रवन्धले निकुञ्ज र नदी किनारका सरकारी जग्गा समेतको दुरुपयोग हुनसक्ने जोखिम देखिएपछि राष्ट्रपति पौडेलले अध्ययन नगरी जारी नगरौँ भनेका छन् ।

संसद् बैठक बोलाउने निर्णय गरेपछि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नैतिक संकट पर्ने भएकाले सरकार पहिला अध्यादेश जारी हुने प्रतिक्षामा रहेको सरकारको बुझिएको छ । एक मन्त्रीका अनुसार अध्यादेश जारी हुनसाथ लगत्तै मन्त्रिपरिषद् बैठक बसेर संसद् बैठक आह्वान सम्वन्धी निर्णय गर्ने सरकारको तयारी छ । कांग्रेस नेताहरूको अरुचीका कारण राजनीतिक दल सम्वन्धी अध्यादेश भने यसपटक नआउने भएको छ ।

बालुवाटार स्रोतका अनुसार राजनीतिक दलसम्वन्धी ऐन २०७३ लाई संशोधन गर्न अब विधेयक संसद्मा लगिने भएको छ ।
हाल राजनीतिक दल विभाजन गर्न ऐनमा रहेको केन्द्रीय कमिटी र संसदीय दलको चालिस प्रतिशत आवश्यक हुने व्यवस्थामा कुनै एकमा भएपनि हुनेगरी विधेयक अघि बढाउने गृहकार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्