काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि उनीहरूलाई बोलाएका हुन् ।
कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।
सरकार गठन भएको ६ महिनासम्म पनि ओली सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।