काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेका छन् ।
प्रहरीले बुधबार तामाङलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।